May 18th, 2016

नेपाल इन्स्योरेन्सको शेयर सबै बिक्यो, बाँडफाँट केही दिनमै

nepal bankनेपाल बैंकले लिलामीमा राखेको नेपाल इन्स्योरेन्सको सबै शेयर बिक्री भएको छ । न्युनतम् मूल्य ४ सय रुपैयाँमा तोकिएको शेयरमा न्युनतम् ४ सय ५७ रुपैयाँ देखि अधिकतम ६ सय ३३ रुपैयाँसम्म बोलकबोल गर्ने आवेदकले नेपाल इन्स्योरेन्सको शेयर पाएका छन् । शेयर बिक्रीबाट नेपाल बैंकले झण्डै ५० करोड रुपैयाँ आम्दानी गरेको छ । शेयरको बाँडफाँड भने केहि दिनमा गरिने विक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्सको १० लाख ३१ हजार ६ सय ७४ कित्ता संस्थापक शेयर लिलामीमा राखेको थियो । जसमा ५७ बोलपत्र मार्फत ६३ आवेदन परेको थियो । सिद्धार्थ क्यापिटलका अनुसार नेपाल बैंकले लिलामीमा राखेको नेपाल इन्स्योरेन्सको शेयरमा व्यक्तीगत तथा कर्पोरेट लगानीकर्ताको धेरै आवेदन परेको थियो । जसमा विशेषगरी इन्भेष्टमेन्ट कम्पनीहरु, सेन्चुरी बैंक, म्युचलफण्ड, मुक्तीनाथ विकास बैंक, सूर्य लाइफ तथा नेपाल लाइफ लगायतका कम्पनीहरुले धेरै शेयर माग गरेका छन् ।

आफ्नो पूँजी कोष सुधारका लागि नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्सको १० लाख ३१ हजार कित्ता संस्थापक शेयर लिलामीमा लगेको थियो ।