ङादी ग्रुप पावर लिमिटेडले जेठ १५ भित्रै साधारण शेयर बाँडफाँट गर्ने भएको छ । कम्पनीले गत चैत २१ देखि २४ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख ७३ हजार ७ सय ३७ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा करिब ८ अर्ब १६ करोड रूपैयाँको सेयर आवेदन परेको थियो । उक्त शेयर बाँडफाँटका लागि मोडेल तयार पार्न धितोपत्र बोर्डमा पठाउने तयारी गरिरहेको कम्पनिको शेयर विक्रि प्रबन्धक एनआईबीएल क्यापिटल लिमिटेडले जनाएको छ ।
ङादी ग्रुपको हाल चुक्तापूँजी ३४ करोड ८ लाख ७ हजार ५ सय रुपैयाँ रहेको छ । कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट विद्युत उत्पादन सुरु भइसकेको जानकारी कम्पनीले दिएको छ ।




