Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सनराइज बैँकमा गाभिँदै नारायणी नेशनल फाइनान्स

२०७३ जेष्ठ ५ गते

sunrise bankसनराइज बैँकको साधारणसभा आगामी जेठ २० गते बस्ने भएको छ । राष्ट्र बैंकले नारायणी नेशनल फाइनान्सलाई एक्वायर गर्न सैद्धान्तिक सहमति दिएपछि सनराइजले विशेष साधारणसभा बोलाएको हो । सोही दिनमा नारायणी नेशनल फाइनान्सले पनि साधारण सभा बोलाएको छ । 

यसअघि १५/१५ प्रतिशत गरी २ पटक हकप्रद शेयर वितरण गरिसकेको सनराइज बैंकले गतआर्थिक बर्षको मुनाफाबाट वितरण गरेको साढे २१ प्रतिशत बोनस र यो एक्विजिशन पश्चात चुक्ता पूँजी ६ अर्बको हारहारीमा पुर्याउने लक्ष्य राखेको छ । यसै आर्थिक बर्षमा ३० प्रतिशत हकप्रद शेयर वितरण गर्ने घोषणा गरेको बैंकले नारायणी नेशनललाई किन्ने भएपछि यो बर्ष हकप्रद निष्काशन नगर्ने भएको छ । साथै उसले फाइनान्ससँगको एक्विजिशन प्रक्रिया पुरा गरेपछि ३० प्रतिशतले नघट्ने गरि हकप्रद शेयर निष्काशन गर्ने योजनामा रहेको छ ।