सहयोगी बिकास बैंक र सहारा बिकास बैंक एकआपसमा गाभिने भएका छन् । जनकपुरधाममा मुख्य कार्यालय रहेको तीनजिल्ले सहयोगी बिकास बैंक र सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको एक जिल्ले सहारा विकास बैंक मर्जरमा जाने सहमति गरेपछि यी दुवै कम्पनीको नेप्सेमा कारोबार रोकिएको छ । यी दुई बैंक गाभिएपछि नयाँ बन्ने बैंक सहयोगि विकास बैंकको नामबाट संचालनमा आउने जनाइएको छ ।
३ जिल्लाभित्र कारोबार गर्ने सो बैंकको चुक्तापुँजी ३२ करोड रुपैयाँ पुग्नेछ । राष्ट्र बैँकको नीति अनुसार तीनजील्ले विकास बैंकले ०७४ असारसम्म ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ । सहयोगी विकास बैंकको २५ करोड ७८ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ भने सहारा विकास बैंकको २ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । स्वाप रेशीयो भने डिडिए रिर्पोटको आधारमा तय हुने बताइएको छ ।
सहयोगीले गतबर्षको मुनाफाबाट २८ प्रतिशत बोनश वितरण गरेको थियो । यता सहारा विकास बैंकले गतबर्षको मुनाफाबाट ३५ प्रतिशत बोनश तथा डेढ सय प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ । सहाराको यहि जेठ २२ गते साधारणसभा हुदैछ । बैंकले प्रस्ताव गरेको बोनश वितरण र हकप्रद निष्काशन पश्चात चुक्तापुँजी ६ करोडको हाराहारीमा पुग्नेछ ।