Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्रामीण वित्तीय प्रणाली कार्यक्रम सम्पन्न

२०७५ जेष्ठ २७ गते

ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका आर्थिक दृष्टिकोणले कमजोर तथा विपन्नवर्गका समुदायहरु खास गरी महिलाहरुको आर्थिक उत्थानका लागि आयमुलक एवम् रोजगारमूलक व्यवसाय संचालन गर्न आवश्यक वित्तीय सहयोग उपलब्ध गराई त्यस्ता परिवारहरुको आर्थिक एवम् सामाजिक स्तरमा सुधार ल्याउनमा लघुवित्त कार्यक्रमले उल्लेखनीय भूमिका खेलिरहेको छ । गरीबी बिरुद्घको लडाईमा बिगत २८ बर्षदेखि निरन्तर रुपमा लघुवित्त क्षेत्र लागिपरेको छ । तर लघुवित्त संस्थाहरुको संख्यात्मक वृद्धिसँगै यस क्षेत्रमा धेरै समस्याहरु देखा पर्न थालेको छ । यसैबीच स्वावलम्बन विकास केन्द्र (CSD) तथा ग्रामिण बैंक बंगलादेशको संयुक्त आयोजनामा ग्रामिण वित्तीय प्रणाली कार्यक्रम, २०७५,जेष्ठ २५ देखि २६ गतेसम्म धुलिखेलमा सम्पन्न भएको छ । 

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मन श्रेष्ठद्धारा उद्घाटन गरिएको दुई दिने कार्यक्रममा नेपालका ३७ वटा लघुवित्त संस्थाका ४६ जना पदाधिकारीहरुको सहभागीता रहेको थियो । समारोह उद्घाटनका क्रममा श्रेष्ठले माइक्रोफाइनान्स गरीबको सामाजिक र आर्थिक विकास गर्ने उद्देश्यले  स्थापित गरिएको संस्थाहरु भएको बताए । यदि संस्थाको आधार बलियो छ भने त्यसले कुनै पनि किसिमको विपत्तिको सामना गर्न सकिने उनले बताए । लघुवित्तको आधारभूत सिद्धान्तहरुलाई आत्मसात गरेर अगाडी बढ्ने संस्थाहरुको दिगोपन मात्र  सुनिश्चित रहेको उनको भनाई थियो । उनले नाफामुखी उद्देश्यले संचालन गरिएका लघुवित्त संस्थाहरुले लघुवित्त क्षेत्रको छवि बिग्रँदै गएकोे समेत उल्लेख गरे । बंगलादेशमा चार दशकभन्दा बढी अवधिदेखि संचालित  ग्रामिण बैंक हाल पनि लघुवित्तको आधारभूत सिद्धान्त र मूल मर्मको अनुशरण गरिरहेको र यसले गरिब  जनताहरुबाट पाउँदै आएको  माया र विश्वास उस्तै रहेको उनले जानकारी गराए । 

कार्यक्रमको समापन सत्रमा आर एमडी सिका वरिष्ट प्रबन्धक रुप बहादुर खड्का र ग्रामिण महिला उत्थान  केन्द्रकानिर्देशकश्री शोगत बिर चौधरीले कार्यक्रमको उपलब्धि र उपदेयताबारे आफ्नो धारणा रोख। यस्तै कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गरे । यसै अवसरमा “Building Pathways to Strengthen the Microfinance Sector” कार्यक्रमको प्रतिवेदनको विमोचन समेत गरियो । सिवाकोटीले गरिबी निवारण र महिला सशक्तिकरणमा लघुवित्तले पुर्याएको योगदानको सराहना गर्दै लघुवित्तमा देखिएका कमजोरीहरुलाई सुधार गरि सामाजिक उत्तरदयित्वा निर्वाह गर्न प्रेरित समेत गरे । कार्यक्रमबाट सिकेका कुरा र सिद्धान्तलाई आत्मसात गरि लघुवित्तहरुले आआफ्नो संस्थामा लागु गर्ने अपेक्षा उनले व्यक्त गरे ।

यस कार्यक्रमको माध्यमबाट नेपालका विभिन्न लघुवित्त संस्थाहरुका प्रतिनिधिहरुलाई ग्रामिण वित्तीय प्रणाली बंगलादेशको बारेमा जानकारी गराउन ग्रामिण बैंक र ग्रामिण ट्रस्ट बंगलादेशका वरिष्ठ विज्ञहरु  रतनकुमार नाग र मिर हुसेन चौधरीले आफ्नो अनुभव साटासाट गरे । कार्यक्रममा  सहभागीहरुले लघुवित्त क्षेत्रमा देखिएका समस्याहरुलाई सुधार गरि सुढृढ लघुवित्त क्षेत्रको सम्वद्र्धनका निम्ति ९ बुँधे सहमति पारित गरे ।