एक अमेरिकी वित्तीय कम्पनी क्यापिटल फन्डिङ समूहले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको एक विद्यालय पुनःनिर्माण तथा स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ । अमेरिकाको बाल्टिमोरमा मुख्य कार्यालय रहेको सो समूहले गरेको सहयोगमध्ये ३५ लाख कविलास माध्यामिक विद्यालायको र १५ लाख रूपैयाँ आधारभुत स्वास्थ्य सेवा क्लिनिकमा खर्च गरिने जनाइएको छ । नुवाकोटको कविलास गाविस—२ मा रहेको सो विद्यालय गतवर्ष २०७१ वैशाख १२ को भूूकम्पका कारण पूर्णरुपमा ध्वस्त भएको थियो ।