चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष ०७५/०७६ को बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । नेपाल उद्योग बाणीज्य महासघंका केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै लघुवित्तले विपन्न परिवारमा पुर्याएको योगदान अतुलनीय रहेको बताए । उनले आगामी दिनमा अझ बढि संस्थाको प्रगतीको लागि शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा संस्थाका संञ्चालकद्धय पुष्प राज ढकाल र गोपाल प्रसाद बस्यालले संस्थाले छोटो समयमा राम्रो उपलब्धी हासिल गरेकोमा सम्पूर्ण कर्मचारीलाई धन्यबाद दिदैँ अझ बढि जुझारु रुपमा बिपन्न बर्गको हकहितमा काम गर्नुपर्ने बताए ।
संस्थाले गरेको उपलब्धीको बारेमा नियम निकायहरुको मार्गनिर्देशन संञ्चलक समितिको सहयोग शुभचिन्तकहरुको सल्लाह सुभाब र कर्मचारीको मिहिनेत नै भएको भन्दै प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमीरेले सबैमा हार्दिक आभार प्रकट गरे । त्यस्तै, नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले संस्थाले हालसम्म गरेको उपलब्धि र संस्थाको भाबी योजना तथा रणनितिको बारेमा जानकारी गराए ।
समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका संञ्चालक समितिका अध्यक्ष जगत पोख्रेलले लघुबित्तले विपन्न परिवारलाई पुर्याएको योगदानको बारेमा चर्चा गरे । साथमा अन्य वित्तीय संस्थाहरु नपुगेको ठाउँमा चौतारी लघुवित्त बित्तीय संस्था गई वित्तीय सेवा पुराउनुपर्नेमा उनले जोड दिए ।

