Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तद्धारा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

२०७५ जेष्ठ १७ गते

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. उपशाखा कार्यालय महेशवारी, सिरहाले आवद्ध ग्राहक सदस्यहरुका लागि व्यवसायिक तरकारी खेती तालिम आयोजना गरेको छ । शाखा/उपशाखा कार्यालयबाट सदस्यको आयस्तर बृद्धिका लागि लघुव्यवसाय संचालन गर्न सहयोग पुग्ने हेतुले वित्तीय संस्थाले प्रत्येक वर्ष सबै शाखा कार्यालयहरुमा वार्षिक कार्यक्रम अुनसार सीप विकास तालिम संचालन गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि संखुवानन्कारकटी गा.पा.वडा नं. ५का अध्यक्ष बैद्यनाथ यादवले स्वावलम्बन वित्तीय संस्थाले सामुहिक जमानीमा बिना धितो कर्जा दिई विभिन्न आयमुलक सीप सिकाउदै कर्म गर्न अभिप्रेरणा दिदै आएकोमा वित्तीय संस्थालाई प्रशंसा गर्दै धन्यबाद समेत दिए ।

तालिमको मूल्यांकन गर्दै ग्राहक सदस्य पुष्पा थरुनीले आर्थिक स्थिति कमजोर भएका महिलालाई सीपमूलक तालिम दिएर व्यवसायक गरी आय आर्जन गर्न अभिप्रेरित गर्ने गरेकोले ठूलो गुण लगाएको विचार व्यक्त गरिन् । वित्तीय संस्थाका इलाका प्रबन्धक रामप्रसाद पोखरेलले सीप र आय–स्रोत नभएका दिदीहरुको साथमा संस्था सदैव उभिरहनेछ साथै परिश्रम गरे असम्भव केहि नरहेको हुनाले ब्यवसायिक सोच राख्न महिला दिदीबहिनीहरुलाई उत्प्रेरित गरे । कार्यालय प्रमुख कृपानन्द यादवले व्यवसायिक तरकारी खेती तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे । साथै भविष्यमा पनि यस्ता किसिमका सीपमूलक तालिम उपलब्ध गराउन प्रतिवद्धता ब्यक्त गरे । 

तालिममा श्रोतव्यक्तिका रुपमा लिबर्डका वरिष्ठ प्राविधिक कृष्णदेव झा रहेका थिए । तालिम समापन पश्चात सहभागी महिला सदस्यहरुले प्रमुख अतिथिबाट प्रमाणपत्र प्राप्त गरेका थिए ।