Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
लघुवित्त

लक्ष्मी लघुवित्तको ब्यवस्थापन सम्मेलन–२०७५ शुरु

२०७५ जेष्ठ १६ गते

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले संचालक समितीका सदस्यहरु, ब्यवस्थापन समुह र ५९ जना शाखा प्रमुखहरुको उपस्थितीमा मंगलबारदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित धुलिखेल भिलेज रिसोर्टबाट व्यवस्थापन सम्मेलनको शुभारम्भ गरेको छ । कार्यक्रमको समुद्घाटन संस्थाका संचालक समितीका अध्यक्ष अजय विक्रम शाहले गरे । सो क्रममा उनले संस्थाको उपलब्धिमा समग्र परिवारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत उत्तरोत्तर प्रगतीको लागि शुभकामना व्यक्त गरे । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मालेसंस्थाले यस आ.व.२०७४/०७५ को बैशाख मसान्त सम्ममा हासिल गरेको प्रगती विवरण पेश गर्नुको साथै नेपालमा लघुवित्त क्षेत्रको योगदान, चुनौती र आगामी दिनको कुशल रणनीतिको सम्बन्धमा प्रकाश पारे ।

सम्मेलनमा आ.व.२०७४/०७५ को समीक्षा तथा आ.व.२०७५/७६ को योजना तथा रणनीति तयार गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रम ३ (तीन) दिन सम्म संचालन हुने छ । 

काठमाडौँको महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले, लक्ष्मी बैँकको सहायक कम्पनीको रुपमा स्थापित राष्ट्रियस्तरको “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा आफ्नो कारोबार संचालन गर्दै आएको छ । यस वित्तीय संस्थाले बैशाख मसान्त २०७५ सम्ममा ४३ वटा जिल्लामा आफ्नो कारोबार संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ६७ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । धितो तथा विना धितो गरी संस्थाको कूल रु.२ अर्व ६६ करोड उठाउन बाँकी कर्जा रहेको र संस्थाले आफ्नो सदस्यहरुबाट रु.८८ करोड ४८ लाख बचत संकलन गरेको छ । संस्थाले बैशाख मसान्त सम्ममा रु.७ करोड ८५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले बचत र कर्जा बाहेक लघुवीमा, विप्रेषण, आधुनिक मोबाईल बैँकिङ्ग सेवा र शाखा रहित बैँकिङ्ग कारोबार संचालन गर्दै आइरहेको छ ।