Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
लघुवित्त

वोमी माइक्रोफाइनान्सले दियो चुरा बनाउने तालिम

२०७५ जेष्ठ १५ गते

वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको शाखा कार्यालय लमजुङ, तार्कुमा शाखाका २९ जना सदस्यहरुलाई आइतबार शाखा कार्यालय तार्कुमा र सोमबार तनहुँ जिल्लाको पानसयफाटमा एक दिने व्यवसायीक चुरा बनाउने तालिम प्रदान गरेको छ । उक्त तालिममा प्रशिक्षक श्री ज्वाला आचार्यले विविध प्रयोगात्मक अभ्यासहरु सहित तालिम सम्पन्न गरेकी हुन । तालिमबाट सदस्यहरुले चुरा बनाउन सक्षम भएको आयोजक संस्थाले जनाएको छ ।

संस्थाका शाखा प्रमुख शुशील कुमार श्रेष्ठले तालिमको पुर्ण सदुपयोगिता गरि आफ्नो आयस्तर बृद्धी गर्नुपर्ने विषयमा सदस्यलाई उत्प्ररित गरे । संस्थाका एरीया प्रमुख बिमल कोइरालाले प्राप्त सिपलाई आफ्नो सानो लगानीबाट अभ्यासमा उर्तान सकेमा मात्र तालिम उपलब्धीमुलक हुने बारेमा सहभागिहरुलाई प्रष्ट पारे ।

नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त यस वित्तीय संस्थाको हालसम्म देशका विभिन्न २४ जिल्लामा ३२ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । उक्त शाखाहरुबाट न्युन आय भएका कृषकहरुलाई समुहमा आवद्ध गराई बिना धितो तथा धितो कर्जा लगानी गरि कार्यक्रम सञ्चालन गदै आएको छ । संस्थाले शाखा कार्यालयहरु मार्फत समय र परिवेश सुहाउँदो बिविध विषयमा व्यवसायिक तालिमहरु प्रदान गदै ग्रामिण क्षेत्रको आर्थिक संबृद्धिमा सघाउँदै आएको छ ।