Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चौतारी लघुवित्तको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७५ जेष्ठ १३ गते

चौतारी लघुवित्त वित्तीय संस्थाले एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुको भलवाड शाखा कार्यालयले विद्यालयको भबनमा आयोजना गरिएको कार्यक्रममा कार्यक्रममा संस्थाको हालसम्मको उपलब्धि र वित्तीय संस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारेमा नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी गराए ।

संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला सदस्य, अभिभाबक तथा बुद्धिजिबिहरुले राखेका सुझाब तथा गुनासाहरुको सम्बोधन बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले गरे । सञ्चालक पुष्प राज ढकालले वित्तीय संस्थाकको समग्र गतिबिधिको बारेमा जानकारी गराए ।

त्यस्तै, वित्तीय संस्थका अध्यक्ष पोखरेलले लघुवित्तीय संस्थाहरुले खेलेका सकारात्मक भुमिका तथा यसले पुर्याएको योगदानको बारेमा चर्चा गर्दै चौतारी लघुवित्त संस्थाको आगामी रणनीतिको बारेमा र ग्राहकलाई थप सेवा विस्तार गर्ने बताए । 

कार्यक्रममा बाणगंगा नगरपालीकाका मेयर मंगल प्रसाद थारु, रा.स.स का तथा प्रेस चौतारीका पुर्व अध्यक्ष बालकृष्ण चापागाईँ, मानब संशाधन विभाग प्रमुख खेमकान्त अर्याल कर्जा तथा तालिम विभाग प्रमुख बिमलखनाल लगायत अन्य स्थानीय सामजसेवी तथा बुद्धिजिबीहरु सहित लगभग १०० जनाको उपस्थीती रहेको थियो ।