Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
लघुवित्त

दार्चुलाको गोकुलेश्वरमा निर्धन उत्थान बैंकको वित्तीय साक्षरता तालिम सम्पन्न

२०७५ जेष्ठ ४ गते

निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ बैशाख ३० गते दुर्गम जिल्ला दार्चुलाको गोकुलेश्वरमा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । उक्त तालिममा गोकुलेश्वर शाखाका ५८ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए । वित्तीय साक्षरता तालिम संम्पन्न गरेको बैंकका गोकुलेश्वर शाखाका प्रमुख राम प्रसाद भुसालले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु राम प्रसाद भुसाल, लाल बहादुर राना मगर रहेका थिए ।

तालिममा वित्तीय साक्षरताको महत्व र उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बीमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकले प्रदान गरी रहेका सेवाहरु लगायतमा विषयमा प्रशिक्षण दिइएको थियो । 

शाखा प्रमुख भुसालले एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताएको थिए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत उनले बताए ।

तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको गोकुलेश्वर शाखाका लेखापाल लाल बहादुर राना मगरले प्रकाश पारेका थिए । बैंकले देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पु¥याई रहेको छ । यसका साथै विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको छ ।