May 17th, 2016

लगानी बोर्ड सीइओको लागि ४ छनौट

lagani-boardलगानी बोर्डमा नयाँ कार्यकारी अधिकृत (सीइओ) छनौटका लागी अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित ३ सदस्य समितिले पहिलो चरणमा ४ जनाको नाम छनौट गरेको छ । समितिका अनुसार पदका लागि परेका ८ वटा निवेदन मध्येबाट ४ जनाको नाम छनौट गरिएको हो । यसरी छनौट हुनेमा बर्तमान सीइओ राधेस पन्त,राष्ट्र बैकका पूर्व डेपुटी गर्भनर महाप्रसाद अधिकारी,सरोज कोइराला,रमेशनाथ बास्तोला रहेका छन । छनौट भएका ४ जनाा लागि उनिहरुको कार्यपत्र प्रस्तुती र अन्तरर्वाताको तयारी भइरहेको छ,त्यसपछि सरकारलाइ नाम सिफारिस गर्ने प्रक्रिया अघि बढ्ने छ ।

लगानी बोर्ड ऐन २०६८ ले प्रमुख कार्यकारीका लागि मान्यता प्राप्त शिक्षणसंस्थाबाट  अर्थशास्त्र,व्यवस्थापन,इञ्नियरिङ वा परियोजना विश्लेषण,वाणिज्य कानुन विषयमा कम्तिमा स्नाकोत्तर तह उर्तीण गरी सम्बनिधत क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव सहित उच्च स्तरको दक्षताको योग्यता तोकेको छ । कार्यकारी अधिकृतको लागि ३५ वर्ष उमेर पूरा भएको हुनुपर्दछ । 

नियुक्तिका लागि बोर्डसमक्ष सिफारिस गर्न नेपाल सरकारले बोर्डको उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल सरकारको एक जना पूर्वसचिव सदस्य रहेको छनौट समितिको गठन गर्ने छ । सिफारिस भएका मध्येबाट एक जनालाई मन्त्रिपरिषदले सीइओमा नियुक्त गर्ने छ । कार्यकारी प्रमुखको पदावधी ४ वर्षको हुनेछ ।यदि सरकारले चाहे अर्को एक वर्षका लागि पुनः नियुक्त गर्न सक्ने व्यवस्था ऐनले गरेको छ ।  बोर्डमा कार्यकाल सकिएका हालका सीइओ रोधस पन्तलाई अर्को व्यवस्था नहुञ्जेलका लागि काम गर्न पत्र दिइएको छ ।