Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
लघुवित्त

महुली सामुदायिक लघुवित्तको त्रैमासिक समिक्षा तथा बार्षिक बजेट तर्जुमा गोष्ठि सम्पन्न 

२०७५ बैशाख ३० गते

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले त्रैमासिक समिक्षा तथा बार्षिक बजेट तर्जुमा गोष्ठि २०७५ सम्पन्न गरेको छ । सप्तरीको महुलीमा बैशाख २७ र २८ गते दुई दिनसम्म संचालन भएको कार्यक्रममा १० जिल्लाका २९ वटा शाखाहरुवाट ३१ जना शाखा प्रबन्धक तथा प्रमुखहारुको सहभागिता रहेको थियो ।

२ दिनसम्म संचालन गरिएको उक्त गोष्टीको अध्यक्षता संस्थाका प्रबन्ध संचालक श्री रोशन कुमार मंडरले गर्नु भएको थियो । सो कार्यक्रममा संस्थाका विभागीय प्रमुखहरु सरोज कुमार सिंह, ललित प्रसाद चौधरी, रमेश चौधरी, हरि कोइराला र चन्द्र नारायण चौधरीले हाल शाखाहरुमा देखीएको समस्या, कर्मचारीहरुको गुनासो, कर्जा जोखिम, कर्मचारीहरुको मनोभावना, त्रैमासिक लक्षय र प्रगति, कर्जा ब्यवस्थापन तथा आ.व. २०७५।०७६ को वार्षिक योजना र बजेट लगायतका विषयहरुमा छलफल गरिएको थियो । 

कार्यक्रममा सस्थाको तर्फबाट प्रबन्ध संचालक रोशन कुमार मंडरले तेश्रो त्रैमासिकमा तोकिएको लक्ष्य परिपूर्ति गर्न सफल हुने शाखाका शाखा प्रबन्धक सहित कर्मचारीहरुलाई अझ बढी लक्षय तथा कार्यक्रम  प्रति जिम्मेवार बनाउन र उनीहरुको कार्य प्रगतिको उच कदर गर्दै सम्मान स्वरूप कदर पत्र प्रदान गरिएको थियो ।