२०७३ जेष्ठ ३ गते

एनआईसी एसिया बैँकको सीईओमा लक्ष्मण रिसाल

laxman risalएनआईसी एसिया बैँकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण रिसाल नियुक्त भएका छन् । विगत १ वर्षदेखि निमित्त सीईओको रुपमा कार्यभार सम्हाल्दै आएका उनीसँग बैँक तथा वित्तीय क्षेत्रमा काम गरेको २६ वर्षे अनुभव छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९२ करोड ६५ लाख रुपैँया खुद मुनाफा गरेको एनआईसी एसिया नेपालका उत्कष्ट निजीस्तरको वाणिज्य बैँकमध्येको एक हो । यस बैँकले देशभरिका ६७ वटा शाखा र ६९ वटा एटीएम सेन्टरहरुमार्फत सेवा प्रवाह गर्दै आएको छ ।