चौतारी लघुबित्त बित्तीय संस्था लि. केन्द्रीय कार्यालय बुटवलको आयोजनामा सहायक कर्मचारीहरुको क्षमता बिकास गर्ने उद्देश्यका साथ २ दिने सहायक कर्मचारीहरुको क्षमता बिकास तालिम सम्पन्न भएको छ ।
कृषि बिकास बैंक लि. पश्चिमाञ्चल क्षेत्रिय तालिम केन्द्र मंगलापुरमा तालिमको समापन गर्दै बैंकका अध्यक्ष जगत बहादुर पोखे्रलले तालिमबाट कर्मचारीको दक्षता बिकास भई संस्थागत लक्ष्य हासिल गर्न उर्जा मिल्ने बताए । उनले सबै कर्मचारीलाई दक्ष कर्मचारीको रुपमा बिकास गर्ने बैंकको उद्देश्य रहेको समेत बताए ।
सो तालिममा बैंकका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशी, बिमल खनाल, ख्यामकान्त अर्याल, बाबुराम भुसाल, सुदर्शन उप्रेती, मिनाक्षी न्यौपाने र सन्तोष कार्कीले प्रशिक्षण दिएका थिए । तालिममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले कर्मचारीहरुको दक्षताले मात्रै बैंक सबल बन्न सक्ने, सेवाग्राहीलाई पनि राम्रो सेवा दिन सकिने बताउँदै सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने गरि सिकेका कुराहरु ब्यावहारमा कार्यन्वयन गर्न निर्देशन समेत दिए ।
तालिममा बिभिन्न १० जिल्लाका ३२ जना सहायक कर्मचारीहरुको सहभागिता रहेको थियो ।


