Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

खानीखोला जलविद्युत् आयोजनाको साधारण शेयर आउँदै

२०७३ जेष्ठ ३ गते

hydroखानीखोला जलविद्यूत आयोजनाले ९ करोड ३१ लाख रुपैयाँको साधारण शेयर जारी गर्ने भएको छ । ललितपुरमा निर्माण भएको आयोजनाले जेठ महिनामै सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको हो । गत मंसिरमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई सेयर  निष्काशन गरेको कम्पनीले अहिले जेठमै सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त भएको सिभिल क्यापिटलले सामूहिक लगानी कोषहरुलाई सेयर किन्न पत्र पठाइसकेको छ । आयोजनाले गत वैशाख अन्तिममा नै धितोपत्र बोर्डको अनुमति पाइसकेको थियो । 


ललितपुरको भट्टेडाँडा नजिकै निर्माण भएको खानीखोला जलविद्यूत आयोजनाबाट ६ मेगावाट विद्यूत उत्पादन हुन्छ ।