खानीखोला जलविद्यूत आयोजनाले ९ करोड ३१ लाख रुपैयाँको साधारण शेयर जारी गर्ने भएको छ । ललितपुरमा निर्माण भएको आयोजनाले जेठ महिनामै सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको हो । गत मंसिरमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई सेयर निष्काशन गरेको कम्पनीले अहिले जेठमै सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त भएको सिभिल क्यापिटलले सामूहिक लगानी कोषहरुलाई सेयर किन्न पत्र पठाइसकेको छ । आयोजनाले गत वैशाख अन्तिममा नै धितोपत्र बोर्डको अनुमति पाइसकेको थियो ।
ललितपुरको भट्टेडाँडा नजिकै निर्माण भएको खानीखोला जलविद्यूत आयोजनाबाट ६ मेगावाट विद्यूत उत्पादन हुन्छ ।