Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

सर्लाहीको लालबन्दी र मोरङ्गको बेलबारीमा लक्ष्मी बैंकका शाखा विस्तार

२०७५ बैशाख २४ गते

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सर्लाहीको लालबन्दी र मोरङ्गको बेलबारी गाउँपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । यि थप शाखाहरुको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८०, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३/७४मा ५९.३२  अरब निक्षेप र ५२.७३ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघुउद्यमी तथा कृषकहरुलाई सरल रुपमाकर्जा प्रवाहगर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्याएको छ । 

आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।