सिईडीबी हाइड्रो फण्ड लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनिले १ सय रुपैँया अंकित १७ करोड ६१ लाख बराबरका १७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । एक अर्ब रुपैँया अधिकृत पुँजी भएको कम्पनिको शेयर निष्काशन तथा विक्त प्रबन्धक एनसीएम मर्चेन्ट बैँकिङ लिमिटेड रहेको छ ।
नेपालमा जलविद्युत् आयोजनाको प्रवद्र्धन तथा विकासका लागि क्लिन इनर्जी डेभलपमेन्ट बैँकले सन् २००९ नोभेम्बरमा सिईडीबी हाइड्रो फण्ड लिमिटेडको स्थापना गरेको हो । यस कम्पनिअन्तर्गत राधी जलविद्युत् आयोजना(४.४ मेगावाट), सांगे जलविद्युत् आयोजना(१८३ किलोवाट) र खुदी जलविद्युत् आयोजना (४ मेगावाट) सञ्चालनमा छन् । निर्माणाधीन आयोजनाहरुमा दार्दी खोला जलविद्युत् आयोजना (१०.३ मेगावाट) लमजुङ, रुकुम गार्ड जलविद्युत् आयोजना(५ मेगावाट) रुकुम र तल्लो खरे खोला जलविद्युत् आयोजना (११ मेगावाट) दोलखा रहेका छन् । कसुवा खोला जलविद्युा् आयोजना (४५ मेगावाट) का लागि अध्ययन कार्य भइरहेको छ ।