२०७३ जेष्ठ ३ गते

अरुण कावेलीको साधारण शेयर निष्काशन सुरु

kabeliअरुण काबेली हाइड्रो पावरको शेयर निष्काशन सोमबारदेखि सुरु भएको छ । कम्पनिले पाँचथर र ताप्लेजुङका बासिन्दाका लागि १५ कित्ता शेयर निष्काशन सुरु गरेको हो । विक्रि प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल रहेको यो शेयर खरिदका लागि असार ५ गतेसमम्म लगानीकर्ताले आवेदन दिन पाउने कम्पनिले जनाएको छ । कम्पनिका अनुसार, पाँचथरका तीन गाविस र ताप्लेजुङ चार गाविसका बासिन्दाका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ । पाँचथरका आयोजना प्रभावित क्षेत्र नागी, थर्पु र अमरपुर गाविसका बासिन्दाले र ताप्लेजुङका साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका बान्सिदाले ६ लाख कित्ता सेयर पाउँछन् । बाँकी नौ लाख कित्ता सेयर दुबै जिल्लाका स्थानीय वासिन्दाले भर्न पाउँने बताइएको छ । पाँच वर्ष स्थायी बसोबास गरेका बासिन्दाले मात्रै सेयर भर्न पाउने गरी व्यवस्था मिलाइएको छ । १५ करोड स्थानीय वासिन्दा र बाकी ३० करोड रुपैयाँको शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

प्रतिकित्ता एक सय रुपैयाँको दरले न्युनतम ५० कित्ता र अधिकमत १० हजार कित्तासम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले अरुण काबेली पावर लिमिटेडको कार्यालय थापाथली, सप्तकोशी डभेलपमेन्ट बैंक फिदिम, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रविराँके पाँचथर, फिदिम र ताप्लेजुङमा आवेदन फारम बुझाउन पाइने छ । कुल एक अर्ब ५० करोडको अरुण काबेली पावर लिमिटेडको यो आयोजनामा संस्थापक समूहको १ अर्ब ५ करोड रुपैयाँ लगानी छ ।