चौतारी लघुवित्त वित्तीय संस्थाले एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तको नवलपरासीस्थित सर्दी शाखा कार्यालयले सामुदायिक भबनमा देबि कुमारी कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखा प्रमुख यमलाल पाण्डेले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा महिला सदस्य, अभिभाबक तथा बुद्धिजिबिहरुले राखेका सुझाब तथा गुनासाहरुको प्रत्तिउत्तर बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत घिमिरेले दिएका थिए । नायबकार्यकारी अधिकृत जोशीले संस्थाको हालसम्मको अवस्थाको बमारेमा जानकारी गराएका थिए । त्यस्तै, वित्तीय संस्थाकको समग्र गतिबिधिको बारेमा संञ्चालक पुष्प राज ढकालले जानकारी गराएका थिए । संस्थाका अध्यक्ष पोख्रेलले लघुवित्तीय संस्थाहरुले खेलेका सकारात्मक भुमिका तथा यसले पुर्याएको योगदानको बारेमा चर्चा गर्दे चौतारी लघुवित्त संस्थाको आगामी रणनीतिको बारेमा जानकारी गराए ।
कार्यक्रममा वित्तीय संस्थका अध्यक्ष जगत बहादुर पोख्रेल, संचालक पुष्प राज ढकाल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे, नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशी, कर्जा तथा तालिम विभाग प्रमुख बिमल खनालको र अन्य स्थानीय बुद्धिजिबीहरु गरी १०० जनाको उपस्थिती रहेको थियो ।


