Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार डलर नाघ्यो

२०७५ बैशाख १२ गते

बैंकिङ खबर । नेपालीहरुको प्रतिव्यक्ति आय वर्षैपिच्छे सुधार हुन थालेको छ । यस वर्ष यस्तो आय एक हजार अमेरिकी डलर नाघेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर पुगेको हो । 

यस्तो आय गत वर्षको तुलनामा एक सय ४२ अमेरिकी डलर बढी हो । गत वर्ष नेपालीहरुको प्रतिव्यक्ति आय आठ सय ६२ अमेरिकी डलर रहेको थियो भने २०७३ मा यस्तो आय सात सय ५७ अमेरिकी डलर मात्रै रहेको थियो ।