बैंकिङ खबर । चौतरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ६५ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ११ लाख बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा चौतारीले ५४ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
दुई करोड १० लाख रुपैयाँ चुक्तापुँजी भएको लघुवित्तले जगेडाकोषमा १० करोड ९५ लाख ४४ हजार रुपैयाँ राखेको छ । लघुवित्तले १७ करोड ६४ लाख ५२ हजार रुपैयाँ बचत संकलन गरेको छ भने ६१ करोड ५० लाख ७७ हजार रुपैयाँ कर्जा लगानीमा रहेको छ ।
लघुवित्तको खुद व्याज आम्दानी तीन करोड ४३ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक करोड दुई लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रोभिजनमा एक करोड पाँच लाख ४६ हजार रुपैयाँ राखेको छ ।
चैत्र मसान्तसम्ममा लघुवित्तको निष्कृय कर्जा ०.९१ प्रतिशत र जोखिमयुक्त सम्पती २२.७१ प्रतिशत रहेको छ ।


