नेरुडे लघुवित्त वितीय संस्था लि. ले सक्षम परियोजना सहकार्य तथा Ukaid को सहयोगमा २०७४ चैत्र १६ गतेदेखि ०७५ वैशाख १० गतेसम्म वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । संस्थाको बुटवल इलाका कार्यालय अन्तर्गतका १० वटा शाखा कार्यालयमा सम्पन्न कार्यक्रममा ४३० जना सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वित्तीय सेवाको सम्बन्धमा बचत, कर्जा सदुपयोग, परियोजना संचालन, आम्दानी र खर्चको व्यवस्थापन, पारिवारिक बजेटको तयारी, फजुल खर्चको नियन्त्रण, बीमा, रेमिट्यान्स, वैदेशिक विनिमय दरका प्रभाव लगायतका विषयमा जानकारी दिइएको थियो । हरेक शाखा तथा उपशाखामा १।१ दिनका दरले गरिएको कार्यक्रमले समुदायमा वितीय पहुँच बिस्तार गर्ने र आर्थिक एबम् सामाजीक सवलीकरण गरी उद्यमशिलता तथा आय आर्जन गर्नका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
नेरुडेले पहाडी तथा तराईका बिभिन्न जिल्लाहरुमा १६ वटा कार्यालयहरुमार्फत बिभिन्न समुदायमा बित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले आफ्ना बिभिन्न शाखा÷उपशाखा कार्यालयहरु मार्फत वितीय साक्षरता कार्यक्रम तथा तालिम निरन्तर रुपमा संञ्चालन गदै आइरहेको छ ।


