पर्बत जिल्लाको कुस्मामा केन्द्रीय कार्यालय रहेको १० जिल्ले जनसेवी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । वैशाख १० गते संस्थाका संचालक समितिका अध्यक्ष विकास गौचनको अध्यक्षतामा सम्पन्न गोष्ठीमा चैत्र मसान्तसममा संस्थाले हासिल गरेका उपलबधीहरु, कार्यक्रम विस्तारका क्रममा आइपरेका समस्याहरु, आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने रणनीतिहरु लगायतको विषयमा छलफल गरिएको संस्थाका प्रमुख कार्यकारी अधिककृत कमल बहादुर खत्रीले बताए ।
गोष्ठीमा अध्यक्ष गौचनले संस्था दिगो र प्रभावकारी विस्तार र सुदृढीकरणका लागि समर्पित भएर सेवा दिन शाखा प्रबन्धकहरुलाई निर्देशन दिए ।
संस्थाका संचा लक मेघनाथ सुवेदीले निकट भविष्यमा नै जनसेवी लघुवित्त राष्ट्रिय स्तरमा स्तरोन्नति हुने क्रममा रहेको जानकारी दिए । संस्थाको भविष्यसँग कर्मचारीहरुको भविष्य समेत जोडिएकाले इमान्दार भएर काम गर्नुपर्ने उनले बताए ।
संस्थाका प्रमूख कार्यकारी अधिकृत कमल बहादूर खत्रीले संस्थाको हालसम्मको प्रगति विवरण प्रस्तूत गर्दै संस्थाले चैत्र मसान्तसम्ममा १० हजार आठ सय ७२ जना सदस्यहरुलाई ९२ करोड ९१ लाख २० हजार पाँच सय रुपैयाँ लगानी र ५६ करोड १५ लाख ८१ हजार नौ सय ६८ रुपैयाँ असुली गरेको र लगानीमा रहिरहेको कर्जा ३७ करोड ७५ लाख ३८ हजार पाँच सय ३२ रुपैयाँ रहेको जानकारी दिए । त्यस्तै, संस्थामा सदस्यको बचत १० करोड ४३ लाख ७२ हजार ७८ रुपैयाँ रहेको उनले बताए ।
संस्थाका बरिष्ठ प्रवन्धक फणिन्द्र पाण्डेले गोष्ठीको आवश्यकताबारे प्रकाश पार्दै कर्मचारीहरुले उच्च मनोबलका साथ कार्य गर्नुपर्ने बताए ।



