Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

फस्र्ट माइक्रोफाइन्सका कर्मचारीले लिए बैंकर्सहरुबाट तालिम 

२०७५ बैशाख १० गते

फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का कर्मचारीहरुले २०७५ बैशाख ८ र ९ गते बैंकर्सहरुबाट क्षमता अभिवृद्धि तालिम लिएका छन् । हिलटेक रिसोर्ट, साँगा भक्तपुरमा सो क्षमता अभिवृद्धि तालिममा सानिमा बैंकका प्रमख प्रोजेक्ट फाइनान्सिङ अफिसर पवन कुमार आचार्य र बैंकिङ विशेषज्ञ तथा नविल बैंकका पुर्व विभागिय प्रमुख हरिवोल आचार्यले नेपालको बैंकिङ क्षेत्र तथा लघु वित्त वित्तीय संस्थाहरुमा जोखिम व्यवस्थापन, बैंकिङ विशेषज्ञ बिएन घर्तिले वासेलको अवधारणा र नेपालको बैंकिङ क्षेत्रमा यसको प्रयोग, बैंकिङ विशेषज्ञ तथा विश्लेषक अनलराज भट्टराईले नेपालको बैंकिङ तथा लघुवित्त क्षेत्रका समस्या तथा चुनौती र भविष्यमा अपनाउनुपर्ने रणनीतिहरु र आरएमडिसीका बरिष्ठ प्रबन्धक पृथ बहादुर थापाले लघुवित्त वित्तीय संस्थाहरुको संस्थागत विश्लेषण विषयमा प्रशिक्षण दिएका थिए । तालिममा फस्र्ट माइक्रोफाइनान्सका १५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।