निर्धन उत्थान बैंक लिमिटेडले यसपटक मुगुको बालैमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । बैंकले २०७५ बैशाख ८ गते बैंकका ५४ जना ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको बैंकका मुगु शाखाका प्रमुख हिमाल सुवेदीले जानकारी गराए । तालिममा प्रशिक्षकहरु हिमाल सुवेदी, नारायण चौलागाई र राम बहादुर बूढा रहेका थिए ।
तालिममा वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन (बचत भिडियो), कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता (कर्जाको भिडियो), वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च (बजेट भिडियो), जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिट, बैंकका सेवाहरु कर्जा, बचत, बीमा, विप्रेषण लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
बैंकले दुर्गम जिल्लाहरुलाई पा्रथमिकतामा राखेर वित्तीय साक्षरता तालिम संचालन गर्दै आइरहेको छ ।


