Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

कालिका माइक्रोक्रेडिटले कमायो एक करोड ९२ लाख मुनाफा

२०७५ बैशाख ९ गते

बैंकिङ खबर । कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ३२ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कालिकाले दुई करोड सात लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

१० करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ४५ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा एक अर्ब ११ करोड आठ लाख रुपैयाँ लगानी गरेको छ । कालिकाको खुद व्याज आम्दानी ३१ दशमलव ३७ प्रतिशतले बढेर छ करोड ७९ लाख ८६ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७ प्रतिशतले घटेर दुई करोड ४९ लाख ४७ हजार रुपैयाँ पुगेको छ । 

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकको निष्कृय कर्जा एक दशमलव ८९ प्रतिशत, पुँजीकोष अनुपात १३ दशमलव ३२ प्रतिशत, प्रतिसेयर आम्दानी २५ दशमलव ६७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४६ दशमलव ९४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५० दशमलव ५७ रुपैयाँ र तरलता अनुपात ११ दशमलव ३८ प्रतिशत रहेको छ ।