Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान बैंकद्धारा बझाङ्गको चैनपुरमा वित्तीय साक्षरता तालिम सम्पन्न 

२०७५ बैशाख ८ गते

निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ३७ जना ग्राहक सदस्यहरु तथा ग्राहक सदस्यहरुका अभिभावकहरुको सहभागितामा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । २०७५ बैशाख ७ गते दुर्गम बझाङ्ग जिल्लाको चैनपुरमा “वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको बैंकका चैनपुर शाखाका प्रमुख गौतम ज्ञान थापाले बताए । तालिममा प्रशिक्षकहरु गौतम ज्ञान थापा, चक्र बहादुर साउद र लक्ष्मी प्रसाद रेग्मी रहेका थिए ।

तालिममा सहभागीहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन (बचत भिडियो), कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता (कर्जाको भिडियो), वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च (बजेट भिडियो), जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकका सेवाहरु कर्जा, बचत, बीमा, विप्रेषण लगायतको बारेमा जानकारी हासिल गरे ।

शाखा प्रमुख थापाले एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरीरहेको बताए। बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको उनले जानकारी दिए । 

बैंकले ७ वटै प्रदेशका देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा पुर्याई रहेको छ । निर्धन उत्थान बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना बनाएको छ । यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ । 

बैंकले विभिन्न प्रकारका सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, सचेतनामूलक तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गर्दै आईरहेको छ । साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आईरहेको छ ।

यो निर्धन उत्थान बैंक लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । बैंकले २०७४ फाल्गुण मसान्तसम्ममा ३,०७,००९ घरपरिवारहरुमा सेवा पुर्याईरहेको छ । बैंकले २०७४ फाल्गुण मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १४ अरब २५ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ५९ करोड बचत परिचालन गरेको छ ।