Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबि माइक्रोफाइनान्सद्धारा वित्तीय साक्षरता तालिम सम्पन्न

२०७५ बैशाख ६ गते

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दुर्गम क्षेत्रका बित्तीय पहँचबाट टाढा रहेका समुदायहरुमा वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले समुदाय स्तरमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले सुर्खेतको जहरे शाखा, दाङ्गको गढवा शाखा, रसुवाको धुन्चे एबम् बेत्रावती शाखा र धादिङ्गको कुम्पुर शाखामार्फत समुदायका अभिभावक, समाजसेवी, बुद्धिजिवी, शिक्षक, महिला तथा युवा बर्गलाई सहभागी गराई वित्तीय साक्षरता तालिम प्रदान गरेको हो ।

एक दिने उक्त वित्तीय साक्षरता तालिमले समुदायमा वित्तीय पहुँच बिस्तार गर्ने र आर्थिक एबम् सामाजिक रुपमा सबलीकरण गरी उद्यमशीलता तथा आय आर्जन गर्नका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा दुर्गम तथा ग्रामीण क्षेत्रका मानिसमा आम्दानी र खर्चको लेखाजोखा, बचत गर्ने तरिका, बचतको महत्व, कर्जाको आवश्यकता तथा सदुपयोगिता, पारिवारिक बजेट, बीमा लगायतका विषयमा तालिम दिनुका साथै सन्देशमुलक भिडियो पनि प्रदर्शन गरियो ।

वित्तीय साक्षरता तालिममा पाँच वटा शाखा कार्यालयका ३५० जनाको सहभागिता रहेको थियो । साथै एनएमबि माइक्रोफाइनान्सले सिप बिकास, लघुउद्यमशीलता र वित्तीय साक्षरता तालिम सक्षम परियोजनाको सहकार्यमा अभियानको रुपमा समुदायको पछाडी परेका बर्गमा तालिम प्रदान गर्दै आएको छ ।