April 17th, 2018

नेपाल सेवा लघुवित्तको आईपिओ वैशाख १२ गतेदेखि

बैंकिङ खबर । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख १२ गतेदेखि एक लाख ८० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो ।

निष्काशन गर्न लागिएको कुल सेयरमध्ये तीन हजार छ सय कित्ता सेयर कम्पनीका कर्मचारीको लागि र नौ हजार कित्ता सामुहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी रहेको एक लाख ६७ हजार चार सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

आइपिओ निष्कासन बन्द मिति छिटोमा वैशाख १६ र ढिलोमा जेठ १० रहेको छ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम नौ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकका साथमा सेबोनबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैङ्क तथा वित्तीय र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । 

कम्पनीको अधिकृत पूँजी रू. १० करोड छ भने चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको छ । आइपिओ बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू. ६ करोड पुग्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]