May 15th, 2016

ओरालो गतिमा जर्मनीको मुद्रास्फीतिदर, यस्ता छन् कारणहरु

germanyअप्रिल महिनामा जर्मनीको वार्षिक मुद्रास्फीतिदर नकारात्मक देखिएको छ । जर्मनीको तथ्यांक विभागका अनुसार गत वर्षको यसै महिनाको तुलनामा जर्मनीको उपभोक्ता मूल्य सूचकमा पनि ०.१ प्रतिशतको गिरावट आएको देखिएको छ । गत मार्च महिनामा जर्मनीको वार्षिक मुद्रास्फीतिदरको नतिजा ०.३ प्रतिशत बराबरको रहेको थियो । गत महिनाको अन्तिममा नै जर्मनीको मुद्रास्फीति दर नकारात्मक रहने अनुमान गरिएको थियो ।

कमजोर तेलको मूल्यको प्रभाव
कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा कमजोर रहेकाले सोको प्रभाव जर्मनीको मुद्रास्फीतिदरमा देखिएको हो । कमजोर तेलको मूल्यका कारण जर्मनीको अर्थतन्त्र लामो समयदेखि समस्यामा रहेको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकको अर्थतन्त्रमा देखिएको कमजोर नतिजाका कारण समग्र युरोपकै खनर्थिक नतिजा कमजोर देखिएको छ । युरोपको व्याजदरको नतिजा निकै कमजोर स्तरमा रहेको युरापेली बैँकहरुले बताएका छन् । 

सुधारको लागि १० खर्ब युरोको योजना
मुद्रा गिरावटको यो अवस्थामा सुधार ल्याउन १० खर्ब युरो बराबरको योजना जर्मनीले अघि सारेको थियो । यस योजनाले जर्मनीको अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको थियो । यद्यपि, अप्रिल महिनामा यसको प्रभाव देखिएन । यसअघि, विश्वबजारको कमजोर आर्थिक नतिजाका बाबजुद पनि जर्मनीले गत वर्षको अवधिमा सन्तुलित आर्थिक वृद्धिदर हासिल गरेको थियो । यो अवस्थालाई जोगाएर राख्न नसक्नु जर्मनीको कमजोरी रहेको टिप्णी विज्ञहरुले गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]