April 13th, 2018

वोमी माइक्रोफाइनान्सद्धारा २ दिने ‘लेखा व्यवस्थापन तथा उत्पादकत्व बृद्धि तालिम’ सम्पन्न

नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले २ दिने आवसिय ‘लेखा व्यवस्थापन तथा उत्पादकत्व बृद्धि तालिम’ प्रदान गरेको छ । गैंडाकोट, नवलपुरमा विभिन्न शाखा कार्यालयहरुमा कार्यरत कर्जा अधिकृत स्तरका २२ जना कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । 

तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका बिष्णु खड्काले लेखा सम्बन्धि सैद्धान्तिक विषयमा, संस्थाका लेखा विभाग प्रमुख हरी प्रसाद सिग्देलले लघुवित्तमा प्रभावकारी लेखा व्यवस्थापन, एरिया प्रमुख बलराम कालाखेतीले कर्मचारीको भूमिका तथा महत्वबारे, अनुगमन विभाग प्रमुख घनश्याम भट्टराईले संस्थाको दिगोपना सम्बन्धमा र लघुवित्त प्रशिक्षक रबिन्द्र तिमल्सिनाले लघुवित्त व्यवस्थापन सम्बन्धमा तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले उत्पादकत्व बृद्धि तथा कर्मचारी दक्षता अभिबृद्धि सम्बन्धमा विषयगत रुपमा प्रशिक्षण दिए ।
 
यस वित्तीय संस्थाको हालसम्म देशका विभिन्न २४ जिल्लामा ३२ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । उक्त शाखाहरुबाट २४ हजार सदस्यमा उठाउन बाँकी लघु कर्जा रु १ अरब १५ करोड तथा वचत परिचालन रु ४० करोड रहेको छ । संस्थाले निकट भविष्यमा देशका विभिन्न ग्रामिण क्षेत्र लक्षित स्थानहरुमा शाखा कार्यालय विस्तार गर्ने योजना तय गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]