April 13th, 2018

साधना लघुवित्तको शतप्रतिशत हकप्रद सेयर पारित

गोरखा जिल्लास्थित गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो प्रथम वार्षिक साधारण सभा होटल गोरखा विसौनिमा सम्पन्न गरेको छ । उक्त साधारण सभाले एक कित्ता बरावर एक कित्ता (१ः१) हकप्रद  सेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । हकप्रद सेयर जारि पछि वित्तीय संस्थाको अधिकृत पूँजी १० करोड रुपैयाँ, चुक्तापूँजी चार करोड ९० लाख रुपैयाँ र जारी पूँजी सात करोड रुपैयाँ पुग्ने छ । 

त्यस्तै साधारणसभाले कृष्ण बहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिती समेत र्निविरोध निर्वाचित गरेको छ । समितिको संचालकमा राधा कुष्ण भण्डारी, रमेश सापकोटा दिनेश थकाली रहेका छन् । सोहि दिनको संचालक समितीको बैठकले अर्जुन कुमार सिंहलाई पनि संञ्चालकमा मनोनयन गरेको छ । 
साधारणसभामा वित्तीय संस्थाको अध्यक्ष कुष्ण बहादुर थापाले वित्तीय क्षेत्रमा नविनतम अवधारणाको विकास गरी नमुना लघुवित्तको रुपमा स्थापित गर्ने सोचका साथ अघि बढेको जानकारी दिए । अहिले वित्तीय संस्थाहरु नाफामुखि र बजार केन्द्रित भएको परिपे्रक्षमा यस वित्तीय संस्थाले गाम्रिण दुरदराजमा गई वित्तीय कारोवारका साथै सामाजिक कार्य पनि गर्दै आएको उनले उल्लेख गरे ।

साधारणसभालाई सम्वोध नगर्दै नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापाले जोखिम न्यूनिकरण गर्न र सेयरधनीलाई सक्रिय हुन आग्रह गरे । साथमा नाफाभन्दा वित्तीय पहुँच विस्तार गर्न अनुरोध समेत गरे । त्यस्तै,  संस्थापक सेयर धनीविश्व जय पुडासैनिले निर्वाचित सञ्चालक समितीलाई सफल कार्यकालको शुभकामना ब्यक्त  गरे । यस वित्तीय संस्थाले गाम्रिण क्षेत्रमा विपन्नवर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको उनले उल्लेख गरे । पुडासैनीका अनुसार, हालसम्म वित्तीय संस्थाले १५ वटा शाखा कार्यालय मार्फत ६ हजार ५ सय भन्दा बढि सदस्यहरुलाई  समुहमा आबद्द गराई ३ हजार ऋणी सदस्यबाट रु २८ करोड कर्जा लगानी गरेको छ भने ३ करोड ५० लाख असुलि गरेको छ । 

वित्तीय संस्थाले आगामी दिनमा गाम्रिण क्षेत्रहरुमा थप शाखा विस्तार गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए । वित्तीय संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाको सञ्चालन वित्तीय संस्थाकी वरिष्ठ प्रवन्धक सरिता ढकालले गरेकी थिइन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]