Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तको आठौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न 

२०७४ चैत्र २८ गते

“स्वाधिन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणलीको निमार्ण” भन्ने मुल नाराका साथ ०६६ साल चैत्र २७ गते स्थापना भएको जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु गरी आठौँ बार्षिकोत्सव मनाएको छ । 

वार्षिकोत्सवको अवसर पारेर संस्थाका ३१ वटै शाखा कार्यालयहरुले बिभिन्न कायक्रर्महरु सम्पन्न गरेका छन् । जस अन्र्तगत शाखा कार्यालय दुर्गौलीले टिकापुर अस्पतालमा फलफुल बितरण, शाखा कार्यालय कोटा तुल्सिपुर तथा शाखा कार्यालय प्रतापपुर को संयुक्त आयोजनामा आखा शिविर संचालन, शाखा कार्यालय कोहलपुरले रक्तदान तथा सरसफाई कार्यक्रम, शाखा कार्यालय लालमटियाले बैंकिङ्ग समुदाय सदस्यहरुलाई स्वाबलम्बन बनाउन बैंकको भूमिका विषयक अन्र्तक्रिया, शाखा कार्यालय तानसेन तथा शाखा कार्यालय हार्थोक को संयुक्त आयोजनामा भैरवस्थान मन्दिर परिसर सरसफाई, शाखा कार्यालय कोलोनीले अनाथ वालवालिकाका लागि शैक्षिक सामाग्री बितरण, शाखा कार्यालय रजहरले कर्जा सदुयोगिता सम्बन्धि अन्तक्रिया कार्यक्रम, शाखा कार्यालय भानुले सरसफाई, शाखा कार्यालय ककौराले रक्तदान कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्व सम्बन्धि विविध कार्यक्रमहरु गरि मनाएको छ ।

पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुरसम्म तराईका १० वटा र पहाडका ५ वटा जिल्ला गरि १५ वटा जिल्लामा ३१ वटा शाखा कार्यालयमार्फत करिव २३५०० जना बैंकिङ्ग समुदाय सदस्यहरुलाई वित्तीय सेवा प्रदान गदैैै आईरहेको छ । यसै क्रममा बैंकका संस्थापक अध्यक्ष मान बहादुर विश्वकर्मा, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवा कार्यालयका निर्देशक अशोक कुमार पौडेल, बैंकका संचालक समितीका अध्यक्ष बाबुराम विश्वकर्मा, संचालक समितीका सदस्य रेवन्त बहादुर विश्वकर्मा र गोकर्ण बहादुर कार्की क्षेत्री, बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल, बैंकको केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी तथा बैंकका बिभिन्न शाखाकार्यालयमा कार्यरत  शाखा प्रमुख कर्मचारीहरुको उपस्थितीमा लघुवित्तको क्षेत्रमा देखा परेको चुनौतीहरु तथा अवसरहरुका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

त्यस्तै, आफ्नो वित्तीय सेवा बिस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २९, कविलासमा शाखा कार्यालय समुद्घाटन कार्यक्रम गरेको छ । कार्यक्रमका बिशिष्ट अतिथी तथा बैंकका संस्थापक अध्यक्ष एवम् प्रदेश नं. ५ का प्रदेश सचिव डा. मान बहादुर विश्वकर्माले रिवन काटि शाखा कार्यालयको औपचारिक उद्घाटन गरे ।

बैंक संचालक समितीका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रदेश नं. ३, चितवन जिल्ला क्षेत्र नं.२ (क) का प्रतिनिधि सभाका सभासद कृष्णभक्त पोख्रेल, बैंकका संस्थापक अध्यक्ष एवम् प्रदेश नं. ५ का प्रदेश सचिव डा. मान बहादुर विश्वकर्मा, बैंक संचालक समितीका पुर्व अध्यक्ष यम बहादरु विश्वकर्मा, संचालक समिती सदस्य रेवन्त बहादुर विश्वकर्मा, गोकर्ण बहादुर कार्की, नरेन्द कँडेल, तथा स्थानीय बुद्धिजिवि, समाजसेवी, पत्रकार, बैंकमा कार्यरत कर्मचारी र बैंकिङ समुदाय सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन प्रदेश नं. ३, चितवन जिल्ला क्षेत्र नं. २ (क) का प्रतिनिधी सभाका सभासद तथा कार्यक्रका प्रमुख अतिथि कृष्ण भक्त पोखरेलले गरेका थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले बैंकको हाल सम्मको प्रगती बिबरण प्रस्तुतीका बिच उपस्थित अतिथीहरुले बैंकको आठौँ बार्षिक उत्सव एवम् शाखा उद्घाटन कार्यक्रमका लागि शुभकामना ब्यक्त गरे । यसै कार्यक्रमका बिच मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई नगद रु १०,०००/- तथा सम्मान पत्र पनि बितरण गरिएको थियो ।