Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नागरिक लघुवित्तद्धारा ५ दिने पूर्वसेवा प्रवेश प्रशिक्षण सम्पन्न

२०७४ चैत्र २७ गते

नागिरक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना नयाँ कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी ५ दिने पूर्वसेवा प्रवेश प्रशिक्षण दिएको छ । नागिरक लघुवित्तले संस्थामा हाल कार्यरत तथा नयाँ नियुक्ती भएका समेत गरी १९ जना कर्मचारीलाईहरुलाई वित्तीय संस्थाको केन्द्रीय कार्यालय साँगा, काभ्रेमा दिएको प्रशिक्षण सोमबार सम्पन्न भएको हो । 

लघुवित्त सम्बन्धी सैध्दान्तिक एवं व्यवहारिक विषयको ज्ञान दिइएको उक्त प्रशिक्षण कार्यक्रममा लक्षित वर्ग एवं ग्राहक पहिचान विधी, लघुवित्तले गर्ने कामहरू, बचत परिचालन, कर्जा व्यवस्थापन, कर्जाको सदुपयोगिता, जोखिम व्यवस्थापन, कर्मचारीको काम, कर्तव्य, जिम्मेवारी र भूमिका, सदस्य व्यवस्थापन, , कर्जा भाका नाघ्नुबाट पर्ने असर र समाधानका उपायहरु, बचत र बचत बढाउने तरिकाहरु तथा कार्यालय व्यवस्थापन लगाएतका विषयहरुमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षण कार्यक्रममा वित्तीय संस्थाका प्रबन्ध सञ्चालकसुन्दर खडका, सहायक प्रबन्धक कर्ण बहादुर कार्की तथा वोमी माइक्रोफाइनान्सका सञ्चालक कृष्ण राज सिलवाल, स्वरोजगार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत उदय राज सिम्खडा, सिभिल लघुवित्त वित्तीय संस्थाका देवकर कार्की तथा युरानस सफ्टवेयरबाट राकेश कर्ण र मनिष आचार्यले प्रशिक्षण दिएका थिए । 

यस प्रशिक्षण कार्यक्रमको समापन समारोहमा उपस्थित हुँदै वित्तीय संस्थाका अध्यक्ष लक्ष्मी राज पौडेलले प्रशिक्षणमा सिकेका कुराहरूलाई व्यवहारमा उतारी वित्तीय संस्थाको उद्देश्य प्राप्तीमा लाग्न निर्देशन दिए । साथमा यस्ता खालका प्रशिक्षण कार्यक्रमहरु आगामी दिनहरुमा पनि सञ्चालन गर्ने योजना लघुवित्तले बनाएको जानकारी दिए । 

कार्यक्रमको समापन गर्दै वित्तीय संस्थाका प्रबन्ध सञ्चालक सुन्दर खडकाले आफु सदैव कर्मचारीहरूको साथमा रहेकोले कामका दौरान आई पर्ने समस्या मिलेर समाधान गर्ने भन्दै संस्थाको लक्ष्य प्राप्तीमा थप उत्साहित भएर कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।  

२०७४ साल माघ १५ गतेबाट वित्तीय कारोवार सञ्चालन गरेको नागरिक लघुवित्तले १० जिल्ला  कार्यक्षेत्रमा शाखा विस्तार गदै जाने क्रममा सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा २०७५ सालको बैशाखबाट र नुवाकोट, गोरखा, धादिंग, लमजुङ तथा तनहुमा आफ्नो सेवा विस्तारको अन्तिम तयारी गरिरहेको जनाएको छ ।