Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वित्तीय साक्षरताका लागि स्वदेशी लघुवित्तको सामुदायिक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न

२०७४ चैत्र २५ गते

वित्तीय चेतनाविनाको कर्जा लगानी र सदुपयोगिता विनाको आर्थिक विकास नहुने ठहर गर्दै स्वदेशी लघुवित्त वित्तीय संस्थाले ईनरुवा न.पा. ६, मधेश, रामबहादुर टोलमा समाज विकासमा वित्तीय जागरण महत्व झल्कने सामुदायिक नागक प्रदर्शन गरेको छ । शनिबार (चैत्र २४ गते) सम्पन्न नाटकमा करिब २०० जना स्थानीयको सहभागीता रहेको थियो । 

नाटकमा, स्वास्थ्य र सरसफाई, महिला स्वास्थ्य, कर्जाको उपयोग र सदुपयोगीता, वित्तीय संस्थाको कर्जा कारोबारमा हेलचेक्राई गर्दा पर्ने प्रभाव, लघुवित्तको उद्देश्य, धेरै संस्थाबाट कर्जा कारोबार गर्दा पर्ने समस्या, बालबालिकाको मानसिक विकासमा पर्ने प्रभाव र कर्जाको दुरुपयोगबाट सामाजिक प्रतिष्ठामा पर्ने प्रभाव आदि विषय समेटिएको थियो । स्वदेशीका कलाकारबाट प्रस्तुत नाटक जिवन्त र चेतनामुलक भएको भनि स्थानीयले तारिफ समेत गरेका थिए । 

उक्त अवसरमा संस्थाका का.मु नायव कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले स्थानीयलाई धेरै वित्तीय संस्थाबाट कर्जा कारोबार नगर्न र कर्जाको सदुपयोग गर्न आग्रह गरे । त्यस्तै, फजुल खर्च कम गरी बचत गरी आफ्नो र समाजको आर्थिक विकासमा अग्रसर भई नमुना गाउँ बनाउन समेत उनले स्थानीयलाई आग्रह गरे ।