उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । लघुवित्तको बुधबार (चैत्र २१ गते) सम्पन्न तेस्रो साधारणसभाले अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पँुजी बृद्धि गर्नका लागि २० प्रतिशत हकप्रद सेयर जारी गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो ।
त्यस्तै, साधारणसभाले कार्यक्षेत्र थप गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल १० जिल्ला कार्यक्षेत्रमा रहेर लघुवित्त सेवा दिइरहेको संस्थाले पाँच जिल्ला थप गरी १५ जिल्ले बन्न लागेको हो ।
सभावाट सस्ंथापक समुहका सेयरधनीहरुबाट प्रतिनिधित्व भएको रिक्त संचालक पदमा अनिता ढुंगाना शाह निर्विरोध निर्वाचित भएको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले बताए ।
रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग, पर्वत, म्याग्दी, मुस्ताङ्ग र प्युठान लगायत १० जिल्लाहरु कार्यक्षेत्र भएको वित्तीय संस्थाको अधिकृत पूँजी रु. ११ करोड, जारी पूँजी रु. ५ करोड ५० लाख, चूक्ता पूँजीः रु. ५ करोड ५० लाख रहेको छ । यस वित्तीय संस्थाले २९ वटा शाखा कार्यालयहरु मार्फत लघुकर्जा, लघुबचत, लघुवीमा र विप्रेषण सेवा जस्ता ग्राहक मैत्री नवीनतम लघुवित्त सेवा प्रवाह गर्दै आएको छ ।
२०७४ माघ मसान्तसम्म कुल ग्राहक संख्या २२०७५ जना मध्ये १३७४२ जना ऋणीलाई रु. ८० करोड ८१ लाख २८ हजार ९ सय २६ रुपैँया ४१ पैसा कुल कर्जा लगानीमा रहेको छ भने रु. २४ करोड ८९ लाख ३५ हजार ८ सय ५० रुपैँया बचत परिचलान गर्न सफल भएको छ ।
वित्तीय संस्थाले निकट भविश्यमा ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्मा ३७ वटा शाखा कार्यालयहरु पुर्याउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले जानकारी दिए ।




