बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ जना कर्मचारी मागेको छ । लघुवित्तले एक जना विभागीय प्रमुख, आठ जना शाखा प्रमुख र ३० जना कनिष्ठ सहायक प्रशिक्षार्थी मागेको हो । कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि अनुभव मागिएको छैन । सबै पदका लागि उमेर हद तोकिएको छ । भ्याकेन्सी प्रकाशित भएको मिति (चैत्र १९ गते)ले १५ दिनभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।



