Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वरोजगार लघुवित्तले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

२०७४ चैत्र १९ गते

बैंकिङ खबर । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।  हकप्रद निष्काशनको अनुमति माग गर्दै लघुवित्तले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड २४ लाख ९७ हजार सात सय ६० रुपैयाँ बराबरको १२ लाख २४ हजार नौ सय ७७ दशमलव ६० कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति मागेको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

हाल स्वरोजगार लघुवित्तको चुक्तापुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि लघुवित्तको चुक्तापुँजी साढे २४ करोडको हाराहारीमा पुग्नेछ ।