Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
लघुवित्त

आशा लघुवित्तले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

२०७४ चैत्र १८ गते

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । लघुवित्तको केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारणसभाले एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरी चुक्तापुँजी १४ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । 

साधारणसभाले हाल रहेको अधिकृत तथा जारी पुँजी दश करोड रुपैयाँलाई बृद्धि गरि २० करोड रुपैयाँ पुर्याउने निर्णय पनि गरेको छ । साधारणसभा प्रभु लाइफ इन्स्योरेन्सका अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

फागुन मसान्तसम्ममा संस्थाको ग्राहक सदस्य २८ हजार पाँच सय ३५, लगानीमा रही रहेको कर्जा एक अर्व एक करोड ४६ लाख ३१ हजार दुई सय १० रुपैयाँ र बचत १८ करोड दुई लाख ९५ हजार नौ सय रुपैयाँ रहेको छ । संस्थाले २३ जिल्लामा जम्मा ३६ वटा शाखा कार्यालयहरु मार्फत न्युन आय भएका तथा विपन्नवर्गका महिलाहरुलाई कर्जा प्रदान गरेर उद्यमशील बनाइरहेको छ ।