निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७४ चैत्र १३ गते दुर्गम जिल्ला मुगुको गमगढीमा“ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम”संचालन गरेको छ । उक्त तालिममा गमगढी शाखाका ५७ जना ग्राहक सदस्यहरु सहभागी भए । बैंकले आफनो ग्राहक सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता तालिम संचालन गरेको बैंकका गमगढी शाखाका प्रमुख शेखर चन्द्र पौडेलले जानकारी गराएका थिए । यस तालिममा
प्रशिक्षकहरु शेखर चन्द्र पौडेल र नारायण चौलागाई रहेका थिए ।
यस तालिममा निर्धन उत्थान बैंकका ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बीमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकले प्रदान गरी रहेका सेवाहरु बारेमा जानकारी हासिल गरेको बारेमा शाखा प्रमुख पौडेलले बताएका थिए ।
शाखा प्रमुख पौडेलले एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताएको थिए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका गमगढी क्षेत्रीय कार्यालयका शाखा प्रमुख पौडेलले बताएका थिए ।
तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको गमगढी शाखाका लेखापाल नारायण चौलागाईले प्रकाश पारेका थिए । यस वित्तीय साक्षरता तालिम फाईदाजनक तालिम रहेको ग्राहक सदस्यहरुले बताएका थिए ।
बैंकले देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पुर्याईरहेको छ । यस निर्धन उत्थान बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ । यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । यसका साथै विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ ।
यो निर्धन उत्थान बैंक लिमिटेड देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । यसका साथै विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।
बैंकले २०७४ माघ मसान्तसम्ममा ३,०५,६८६ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ, बैंकले २०७४ माघ मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १३ अरब ९१ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ४६ करोड बचत परिचालन गरेको छ ।




