स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपिओ) निष्काशनको प्रक्रिया अघि बढाएको छ । संस्थाले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाटसजल खड्का र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।
स्पर्सले एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ४० लाख रुपैयाँ बराबरको दुई लाख ४० हजार कित्ता साधारण सेयर (कर्मचारीहरु समेत) सर्वसाधारणमा निष्काशन गर्न लागेको छ । हाल स्पर्स लघुवित्तको चुक्ता पूँजी पाँच करोड ६० लाख रुपैयाँ रहेको छ । यस सार्वजनिक निष्काशन पश्चातसंस्थाको चुक्ता पूँजी आठ करोड रुपैयाँ पुग्नेछ ।
हाल स्पर्स लघुवित्तले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ


