Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

पोखरामा हुने बैंकिङ–बीमा एक्स्पोको तयारी पुरा

२०७४ चैत्र १० गते

बैंकिङ खबर । चैत्र ११ गते आइतबारदेखि पोखरामा हुने बैंकिङ एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवं मिडिया इन्टरनेसनलको आयोजनामा आईतबारदेखि २ दिनसम्म चल्ने बैंकिङ एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

आइतबार राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिीवि नेपालले उद्घाटन गर्ने एक्स्पोमा २ दर्जन भन्दा बढी बैंक, बीमा तथा वित्तीय संस्थाका स्टलहरु रहने वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिए । संयोजक निर्दोषले दिएको जानकारी अनुसार उद्घाटन शत्रमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँई, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, विकास बैंकर्स संघका अध्यक्ष भरतराज ढकाल लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको समेत उपस्थिति रहने छ ।

राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य साथै बैंकर्स संघ, विकास बैंकर्स संघ, वित्तीय संस्था संघ तथा माइक्रोफाइनान्स बैंकर्स संघको साझेदारीमा हुने बैंकिङ एक्स्पोको बैंकिङ पार्टनरमा प्रभु बैंक र गरिमा विकास बैंक रहेका छन् । आइतबार र सोमबार बिहान १० बजेदेखि साझ ५ बजेसम्म सञ्चालन हुने एक्स्पोमा सेमिनार, अन्तरक्रिया साथै उद्यमशीलता सम्बन्धि वृत्तचित्र प्रदर्शनी समेत गरिने कार्यक्रम संयोजक निर्दोषले जानकारी दिए ।