Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लघुवित्त व्यवस्थापन तालिम सञ्चालन

२०७४ चैत्र ४ गते

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडले फिल्डमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि  गर्ने उद्देश्यले लघुवित्त व्यवस्थापन तालिम संचालन गरेको छ । रुरल माइक्रोफाइनान्स डेभलमेण्ट सेण्टरको सहकार्यमा चैत्र २ र ३ गते बाँकेको कोहलपूरमा संचालन गरिएको तालिममा बैंकका १४ वटा शाखा कार्यालयका ३५ जना फिल्ड कर्मचारीहरु सहभागी थिए । 

तालिममा ग्राहक पहिचान र व्यवस्थित समुह÷बैंकिङ्ग समुदायका आधारहरु, जोखिम व्यवस्थापन, कर्जाको सदुपयोगिता र आय आर्जन बढाउने तरिका, फिल्ड कर्मचारीको काम, कर्तव्य, जिम्मेवारी र असल फिल्ड कर्मचारीमा हुनुपर्ने गुणहरु, सदस्य व्यवस्थापन, संरक्षण तथा विकास, कर्मचारी उत्प्रेरणा तथा उत्पादकत्व, कर्जा व्यवस्थापन, कर्जा भाका नाघ्नुबाट पर्ने असर र समाधानका उपायहरु, बचत र बचत बढाउने तरिकाहरु तथा कार्यालय व्यवस्थापन लगाएतका विषयहरुमा प्रशिक्षण दिइएको छ । 

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत चोम बहादुर विश्वकर्मा, अधिकृत इन्द्र बराली तथा भरत रसाली, रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टरका क्षेत्रिय कार्यालय प्रमुख भरत कुमार सिंहले प्रशिक्षण दिएका थिए । 

यस तालिमले कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै नतिजामा पनि केही परिवर्तन आउने अपेक्षा लघुवित्तले लिएको छ । साथमा यस्ता खालका तालिम कार्यक्रमहरु आगामी दिनहरुमा पनि सञ्चालन गर्ने योजना लघुवित्तले बनाएको छ । कार्यक्रमको समापन गर्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत चोम बहादुर विश्वकर्माले थप उत्साहित भएर कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।  

पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्ला र ५ वटा पहाडी जिल्ला गरी जम्मा १५ वटा जिल्लामा ३१ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा विस्तार गरेको यस बैंकमा करिब २१,५०० जना आर्थिक रुपले विपन्न, बैंकिङ्ग पहुँचबाट वञ्चित समुह सदस्यहरु आवद्ध छन् ।