काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले आफ्ना नयाँ कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । कालिकाले ३९ जना नयाँ कर्मचारीलाईहरुलाई स्याङ्जाको वालिङमा दिएको अभिमुखीकरण तालिम शुक्रबार सम्पन्न भएको हो ।
संस्थाका कार्यबाहक अध्यक्ष बासुदेव पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लघुवित्त बारे नयाँ कर्मचारीहरुलाई तालिम प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत मिन बोहराले जानकारी दिए । संस्थाका प्रशासन विभाग प्रमुख श्याम नारायण रेग्मीको संयोजकत्वमा भएको कार्यक्रममा अनुगमन अधिकृत यमप्रसाद अर्यालले माइक्रोफाइनान्सको विषयमा प्रशिक्षण दिएका थिए ।
४६ वटा शाखा कार्यालयबाट सेवा दिदै आएको कालिकाको हाल १०९ करोड रुपैयाँ लगानीमा रहेको छ भने ४३ करोड रुपैयाँ डिपोजिटमा रहेको छ । कालिकाले भर्खरै डोटीको बुडरमा समेत आफ्नो सेवा विस्तार गरेको छ । राष्ट्रिय स्तरको बन्न लागेको यस संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याइसकेको छ । कार्यक्षेत्र विस्तार गदै जाने क्रममा कालिकाले बागलुङ, रोल्पा, सल्यान, सुर्खेत र डोटीमा आफ्नो सेवा विस्तारको अन्तिम तयारी गरिरहेको जनाएको छ ।


