स्वदेशी लघुवित्त वित्तीय संस्था लि.संस्थाले आवासीय फिल्ड कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाले आफ्ना सम्पुर्ण फिल्ड कर्मचारी भरतपुरमा ४६ जना, इटहरीमा ४४ जना, कोहलपुरमा ३६ जना र धनगढीमा ३९ जना समावेश गरि दुई दुई दिनका दरले एक महिनाको अबधिमा सो तालिम सम्पन्न गरेको हो ।
संस्थाको तालिममा स्वदेशी लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत पून्य प्रसाद खनियाको सहभागिता रहेको थियो । तालिम लघुवित्त तथा बैंकमा लामो अनुभब भएका ब्यक्तिबाट ब्यबहारिक तालिम प्रदान गरिएको थियो भने तालिमको बिचमा सामुहिक अभ्यास,शन्देश मुलक मनोरन्जनात्मक खेल लगायतबाट सहभागीहरुलाई उल्प्रेरित गरिएको हुँदा तालिम प्रभाबकारी भएको सहभागीको प्रतिकृया थियो ।
तालिम समापनको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई आफु स्वास्थ्य रही सकारात्मक सोच सहित अघि बढ्न सके दैनिक काममा देखिने समस्या समाधानमा सजिलो हने भएकोले,सोही अनुसार दत्त चित्त भएर काम गर्न निर्देशन दिदै ग्राहक सदस्यको समाजिक विकास र क्षमता अभिवृद्घिमा समेत विशेष ध्यान दिन सुझाव दिए ।


