मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लि.ले सिमराको होटल सिमरामा दुई दिने पोर्टफोलियो मेनेजमेन्ट तालिम सम्पन्न गरेको छ । संस्थाले प्रदेश नं. २ को बारा, पर्सा र रौतहटमा रहेका ९ वटा शाखा कार्यालयका शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरुलाई २ दिने कर्जा लगानी व्यवस्थापन सम्बन्धी तालिम दिएको हो ।
तालिममा लघुवित्त तथा बैंकिङ क्षेत्रमा आफ्नो जीवन अर्पण गरेका घराज गजुरेलले प्रशिक्षण दिएका थिए । तालिममा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृत रामहरि दहाल, निमित्त नायब कार्यकारी प्रमुख नवराज दाहाल, कर्जा विभागका विभागीय प्रमुख सेर बहादुर गूरुङ तथा जितपुर अनुगमन कार्यालयका अनुगमन अधिकृत राम किसोर प्रसाद कुशवाहाले लघुवितमा भइरहेको प्रतिस्पर्धा तथा चुनौतिहरुसँग जुध्ने उपायहरु लगायत समस्या समाधान गर्ने तरिका सम्बन्धि जानकारी गराएका थिए ।
यो कार्यक्रमको संचालन यस संस्थाको कर्जा विभागका अधिकृत उमेश मान डंगोलले गरेका थिए ।


