संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिकामा १ र कास्की जिल्लाको माछापूच्छ्रे गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका वडा नं. २ स्थित बैंकको बरेङ्ग शाखा बरेङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले गरे । त्यसैगरी कास्की जिल्ला माछापूच्छ्रे गाउँपालिका वडा नं. ४स्थित माछापूच्छ्रे शाखाको उद्घाटन माछापूच्छ्रे गाउँपालिका उपाध्यक्ष सुष्मा कुमारी दबाडीले गरिन् ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
शुक्रबारदेखि सञ्चालनमा आएका बैंकका बरेङ्ग शाखा कार्यालय र माछापूच्छ्रे शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ बैंकले विश्वास लिएको छ ।