बैंकिङ खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । चैत्र २३ गतेसम्म निष्काशन खुला रहने सेयरमा माघ २८ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउनेछन् ।
संस्थाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । ग्लोबल आईएमई क्यापिटल नाचघर, फर्स्ट माइक्रोफाइनान्सका सम्पूर्ण शाखा कार्यालयहरु र आस्वा सुविधा भएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रदका लागि आवेदनत दिन पाइनेछ ।
माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ८१ लाख रुपैयाँ बराबरको २२ लाख ८१ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । जसपश्चात् कम्पनीको चुक्तापुँजी ६८ करोड ४३ लाख रुपैयाा पुग्नेछ ।


